एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन,

एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन,

लोक आवाज ,

काठमाडौं, २६ बैशाख  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दललाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त बोर्ड गठन गर्ने निर्णय गरेको हो। आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्ने गरी संरचना तयार गरिएको एमालेले जनाएको छ।

एमालेका प्रमुख सचेतक ऐन महर का अनुसार संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक तथा राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी सदस्य रहनेछन्।

यस्तै, बाँकी सदस्यहरूमा प्रतिनिधि सभाका १०, राष्ट्रिय सभाका ४ तथा संयुक्त समितिका २ गरी विभिन्न संसदीय समितिमा एमालेका तर्फबाट नेतृत्व गरिरहेका प्रतिनिधिहरूलाई समेटिएको छ। एमालेले यस संरचनाले संसदीय गतिविधिलाई थप समन्वित र प्रभावकारी बनाउने विश्वास लिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार