लोक आवाज ,
काठमाडौं , २६ बैशाख । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी छन्।
कानुन दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक र निष्पक्ष भएर न्याय सम्पादन गर्न आह्वान गरिन्। न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने प्रयास स्वीकार्य नहुने उनको स्पष्ट भनाइ थियो।
उनले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउँदै विधिको शासनविरुद्ध हुने कुनै पनि षड्यन्त्रको प्रतिरोध गर्न सबै सरोकारवाला दृढ भएर उभिनुपर्ने बताइन्।
प्रधानन्यायाधीश मल्लले डर र प्रभावको वातावरणमा निष्पक्ष न्याय सम्भव नहुने उल्लेख गर्दै दुई तिहाइ सरकारको दबाब होस् वा महाअभियोगको त्रास, न्यायाधीशहरूले अदम्य साहसका साथ काम गर्नुपर्ने धारणा राखिन्।
उनले भनिन्, “एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिँदैन। विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ।”




प्रतिक्रिया !