लोक आवाज ,
काठमाडौं , २४ बैशाख । महेश बस्नेत की पत्नी अम्बिका बस्नेत सहित १० जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्की को एकल इजलासले माइतीघर मण्डलमा शोभा पाठक माथि कुटपिट भएको घटनासम्बन्धी मुद्दामा उक्त आदेश दिएको हो ।
पाठकले अम्बिका बस्नेतसहित १० जनाविरुद्ध आफूलाई कुटपिट गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले म्याद थप गर्दै अनुसन्धान अघि बढाएको थियो ।
अदालतले अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने अन्य आठ जनाका हकमा जनही २५ हजार रुपैयाँ धरौटी तोकिएको छ ।
धरौटीमा रिहा हुने अन्य व्यक्तिहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, निता खत्री, सबिना केसी र कमला बस्नेत रहेका छन् ।




प्रतिक्रिया !