लोक आवाज ,
काठमाडौं, २४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
आयोगले बिहीबार दायर गरेको मुद्दामा विमानस्थल निर्माणका क्रममा गरिएको ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई अवैध रूपमा राजश्व छुट दिइएको आरोप लगाइएको छ । उक्त निर्णयबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको आयोगको दाबी छ ।
मुद्दामा तत्कालीन सचिवहरू शंकर अधिकारी, केबल भण्डारी तथा सुरेश आचार्य लगायतलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारका अनुसार यस प्रकरणमा कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको आर्थिक अनियमितताबारे लामो समयदेखि विभिन्न तहमा प्रश्न उठ्दै आएको थियो । आयोगले विस्तृत अनुसन्धानपछि मुद्दा दायर गरिएको जनाएको छ ।




प्रतिक्रिया !