लोक आवाज ,
काठमाडौँ, २३ बैशाख । गृहमन्त्री सुधन गुरुङ ले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि नयाँ गृहमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन। बिचौलिया दीपक भट्ट सँग सेयर लगानी सम्बन्धी विषयमा चौतर्फी प्रश्न उठेपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।
तर उनीमाथि लागेका आरोपबारे छानबिन गर्न सरकार तथा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म कुनै ठोस पहल नगरेको देखिएको छ।
वैशाख २० गते बसेको रास्वपा सचिवालय बैठकमा समेत उक्त विषयमा छलफल नभएको पार्टीका प्रवक्ता मनिष झा ले बताएका छन्। उनका अनुसार वैशाख २८ गते बोलाइएको संसद् बैठकमा छानबिन समिति गठनबारे सम्भावित छलफल हुन सक्छ।
गृहमन्त्री पद रिक्त रहँदा सरकारको निर्णय प्रक्रियामा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।



प्रतिक्रिया !