लोक आवाज ,
काठमाडौं, २३ बैशाख । सरकारले सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार जानकारी दिँदै निजामतीतर्फ ८ र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ४ वटा युनियन खारेज गरिएको जनाएको हो।
खारेज गरिएका संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन लगायत रहेका छन्।
त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेजीमा परेका छन्।
सरकारको यो निर्णयसँगै कर्मचारी क्षेत्रभित्रको ट्रेड युनियन संरचनामा उल्लेखनीय परिवर्तन आउने देखिएको छ।



प्रतिक्रिया !