स्थानीय चुनाव लक्षित रास्वपाको तयारी: उम्मेदवारका लागि ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ अनिवार्य,

स्थानीय चुनाव लक्षित रास्वपाको तयारी: उम्मेदवारका लागि ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ अनिवार्य,

लोक आवाज ,

काठमाडौँ ,२० बैशाख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएको छ। नियमित कार्यतालिका अनुसार अर्को वर्ष वैशाखमा चुनाव हुनुपर्ने भए पनि सम्भावित अगावै निर्वाचन हुने सम्भावनालाई ध्यानमा राख्दै पार्टीले तयारी अघि बढाएको हो।

पार्टी नेतृत्वमा दुई तिहाइ सरकार रहेको सन्दर्भमा समयभन्दा अघि चुनाव हुन सक्ने आकलन गर्दै रास्वपाले स्थानीय तहमा उम्मेदवार बन्न चाहनेका लागि नयाँ मापदण्ड तय गरेको छ।

रास्वपाका प्रवक्ता मनिष झा का अनुसार आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार हुन इच्छुक सदस्यहरूले ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने निर्णय गरेको छ।

यी दुई कार्यक्रममार्फत उम्मेदवारहरूको क्षमता विकास, नेतृत्व कौशल तथा संगठनात्मक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिइएको अनुमान गरिएको छ। यद्यपि, उक्त कार्यक्रमहरूमा के–कस्ता विषय समावेश गरिनेछ भन्नेबारे पार्टीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

रास्वपाले यस कदममार्फत आगामी निर्वाचनमा योग्य, सक्षम र प्रशिक्षित उम्मेदवार प्रस्तुत गर्ने रणनीति अघि सारेको देखिन्छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार