लोक आवाज ,
जनकपुरधाम, १८ बैशाख — जनकपुरधाम उपमहानगरपालिका–१ मा नवनिर्मित वडा कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ।
नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साह ले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख साहले वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह अझ सहज, व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले स्थायी संरचना प्रयोगमा आएपछि उपमहानगरपालिकाको आर्थिक भारसमेत कम हुने बताए।
वडा नं. १ का वडाध्यक्ष दिपनारायण यादव का अनुसार करिब ६० लाख रुपैयाँको लागतमा पाँचतले भवन निर्माण सम्पन्न गरिएको हो।
नयाँ भवनमार्फत वडास्तरीय सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।



प्रतिक्रिया !