लोक आवाज ,
काठमाडौँ , १८ बैशाख — थापाथली सुकुम्बासी बस्तीका एक पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्।
सरकारले डोजर चलाएर भत्काएको थापाथलीस्थित बस्तीमा बस्दै आएका ती पुरुषले शुक्रबार अचानक नदीमा हाम फालेका हुन्।
प्रहरीका अनुसार उनको पहिचान हालसम्म खुलेको छैन। घटनापछि प्रहरीले शव बागमती नदीबाट बाहिर निकालेको जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार उनी सामान सार्दै गरेका बेला एक्कासि नदीतर्फ गएर हाम फालेका थिए।
यसअघि पनि सोही बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो।



प्रतिक्रिया !