लोक आवाज ,
काठमाडौँ , १८ बैशाख — भारतीय विदेश सचिव विक्रम मिश्री को नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह लाई भारत भ्रमणको निम्तो दिन वैशाखको अन्तिममा नेपाल आउन लागेका मिश्रीको भ्रमण अन्तिम समयमा रोकिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को निमन्त्रणापत्र बोकेर नेपाल आउन तयारीमा रहेका मिश्रीको प्रधानमन्त्री शाहसँग भेटघाटको समय तय हुन नसक्दा भ्रमण स्थगित गरिएको भारतीय स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहले भेटका लागि स्पष्ट सहमति वा असहमति नजनाउँदा अन्योल सिर्जना भएको हो। “प्रधानमन्त्री शाहले भेटका लागि हुन्छ पनि नभन्ने र हुन्न पनि नभन्दा भारतीय पक्ष दुविधामा परेको छ,” एक उच्च स्रोतले बताएको छ।
भारतीय विदेश सचिवको भ्रमण पुनः कहिले तय हुने भन्नेबारे दुवै पक्षले हालसम्म कुनै जानकारी दिएका छैनन्।
यसअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपूर ले पनि पटक–पटक प्रयास गर्दा प्रधानमन्त्री शाहसँग भेट पाउन सकेका थिएनन्।
त्यसैगरी हाल नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का विशेष दूत सर्जियो गोर ले पनि शाहसँग भेट्ने समय नपाएको जनाइएको छ।



प्रतिक्रिया !