लोक आवाज ,
जनकपुरधाम, १७ बैशाख — मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव ले जनकपुरधामको मुजेलियास्थित ॐ शान्ति मिथिला वाटिकामा निर्माण गरिएको ‘शान्ति स्तम्भ’ उद्घाटन गरेका छन्।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक ब्रह्माकुमारी राजदादीसँग संयुक्त रूपमा स्तम्भ उद्घाटन गरिएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले शान्ति स्तम्भ, तपस्याधाम तथा ईश्वरीय विश्वविद्यालय भवनजस्ता संरचनाले जनकपुरधाममा धार्मिक तथा पर्यावरणीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यस्ता पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै आध्यात्मिक चेतना अभिवृद्धिमा समेत टेवा पुग्ने बताए।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपाल को आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य अनिता कुमारी साह, गौ संरक्षण मंचका केन्द्रीय अध्यक्ष जगदीश महासेठलगायतले मन्तव्य राखेका थिए।
वक्ताहरूले शान्ति, सहअस्तित्व र आध्यात्मिक जीवनशैलीको सन्देश फैलाउन यस्ता संरचनाको आवश्यकता औंल्याएका थिए।



प्रतिक्रिया !