सहकारी संशोधन अध्यादेश जारी, साना बचतकर्तालाई राहतको दाबी,

सहकारी संशोधन अध्यादेश जारी, साना बचतकर्तालाई राहतको दाबी,

लोक आवाज ,
काठमाडौँ , १७ बैशाख — राष्ट्रपति रामचन्द्र पौडेल ले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार जारी गरिएको उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम लागू गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सो जानकारी दिएका छन्।

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र व्यवस्थापनलाई लक्षित गर्दै सहकारी ऐन, २०७४ संशोधन गर्ने उद्देश्यले अध्यादेश ल्याएको जनाएको छ। विशेषगरी साना बचतकर्ताको रकम फिर्ता गर्न कानुनी आधार तयार पार्ने दाबी गरिएको छ।

मन्त्रिपरिषद्ले कुल ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरे पनि हालसम्म सहकारी सम्बन्धी अध्यादेश मात्रै जारी भएको छ। अन्य अध्यादेशका विषयमा भने राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श जारी राखेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार