सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीका लागि ६ बुँदे सर्कुलर जारी,

सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीका लागि ६ बुँदे सर्कुलर जारी,

लोक आवाज ,

काठमाडौं, १४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका विद्यार्थीहरूको सुरक्षा र अध्ययन निरन्तरताका लागि ६ बुँदे सर्कुलर जारी गरेको छ।

मन्त्री सस्मित पोखरेल को निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले अव्यवस्थित बस्ती हटाउने क्रममा विद्यार्थीहरूको परीक्षा व्यवस्थापन, विद्यालय समायोजन तथा समन्वय प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको हो।

केन्द्रले स्थानीय तहहरूलाई प्रभावित विद्यार्थीहरूलाई नजिकका विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण गर्न अनुरोध गरेको छ। साथै, बस्ती हटाउने क्रममा अध्ययनमा अवरोध नआओस् भन्ने उद्देश्यले वैकल्पिक शैक्षिक व्यवस्था गर्न पनि जोड दिएको छ।

विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गर्दै परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग उपलब्ध गराउन र विद्यालय नै प्रभावित भएको स्थानमा वैकल्पिक केन्द्रको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार