लोक आवाज ,
जनकपुरधाम, १३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले अजय कुमार गुप्तालाई कार्यकारिणी सदस्य पदमा मनोनयन गरेको छ।
महासंघको आइतबार बसेको कार्यसमिति बैठकले गुप्तालाई उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
उनी यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व कार्यकारिणी सदस्यका रूपमा कार्य गरिसकेका छन्।
महासंघका अध्यक्ष विजय कुमार साहद्वारा जारी पत्र अनुसार गुप्तालाई औद्योगिक तथा व्यावसायिक क्षेत्रको समग्र विकास, नीति निर्माणमा सहजीकरण तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षासहित जिम्मेवारी दिइएको हो।
पत्रमा गुप्ताको अनुभव, नेतृत्व क्षमता तथा प्रतिबद्धताले महासंघका उद्देश्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै, कार्यकारिणी समितिका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ।



प्रतिक्रिया !