नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश सल्लाहकारमा मनीष रमन साह चयन,

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश सल्लाहकारमा मनीष रमन साह चयन,

लोक आवाज ,

जनकपुरधाम, १३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सल्लाहकार पदमा मनीष रमन साह चयन भएका छन्।

उनको नियुक्तिसँगै प्रदेशको व्यापार तथा उद्योग क्षेत्रलाई थप गतिशील बनाउने विश्वास गरिएको छ।

व्यवसायिक क्षेत्रमा सक्रिय साहको अनुभव र नेतृत्वले मधेश प्रदेशमा निजी क्षेत्रको सशक्तिकरण, लगानी प्रवर्द्धन तथा औद्योगिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उनको सफल कार्यकालको कामना गर्दै विभिन्न व्यक्तित्व तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। साथै, साहको भूमिकाले प्रदेशको आर्थिक गतिविधिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार