त्रिभुवन विश्वविद्यालयद्वारा क्रिकेट मैदान खाली गर्न नेपाल क्रिकेट संघलाई ३५ दिने अल्टिमेटम

त्रिभुवन विश्वविद्यालयद्वारा क्रिकेट मैदान खाली गर्न नेपाल क्रिकेट संघलाई ३५ दिने अल्टिमेटम

लोक आवाज ,

काठमाडौं , १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रंगशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई ३५ दिनको अल्टिमेटम दिएको छ।

अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो, जसमा क्रिकेट रंगशाला पनि समेटिएको छ।

त्रिवि र क्यानबीच भएको सम्झौता यही वैशाख अन्त्यमा सकिन लागेका बेला त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले क्यानलाई उक्त सूचना पठाएको हो।

त्रिविले अतिक्रमणमा परेका जग्गा फिर्ता लिन विभिन्न निकायलाई छुट्टाछुट्टै पत्राचार गरेको जनाएको छ। यद्यपि, क्यानका प्रवक्ता छुम्बी लामाले भने त्रिविबाट औपचारिक पत्र प्राप्त नभएको बताएका छन्।

यसैबीच, क्यानको बोर्ड बैठकले त्रिविसँग सम्झौता नवीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार