लोक आवाज ,
काठमाडौं , १२ बैशाख — सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाएको छ। शनिबार दिउँसो काठमाडौं महानगरपालिकाको टोलीले उक्त क्षेत्रमा रहेका टहरा भत्काउन सुरु गरेको हो।
यसअघि थापाथली र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीमा पनि डोजर चलाउँदै खाली गराउने काम अघि बढाइएको थियो। पछिल्लो कदम अन्तर्गत गैरीगाउँमा पनि संरचना हटाउने प्रक्रिया अगाडि बढाइएको हो।
बस्ती हटाउने क्रममा प्रहरीले सुकुम्बासी परिवारलाई सामान सुरक्षित रूपमा सार्न सहयोग गरिरहेको जनाएको छ। सम्बन्धित निकायले यसअघि नै बस्ती खाली गर्न आग्रह गर्दै नमाने कानुनी कारबाही हुने चेतावनी दिएको थियो।
तर स्थानीयवासीले भने सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले दीर्घकालीन व्यवस्थापन र वैकल्पिक बसोबास सुनिश्चित नगरी गरिएको कदमप्रति विरोध जनाएका छन्।



प्रतिक्रिया !