काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर, एक्युआई २०४ पुग्यो

काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर, एक्युआई २०४ पुग्यो

लोक आवाज ,
काठमाडौँ १० बैशाख – पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। हावाको गुणस्तर मापन गर्ने संस्था आइक्यू एयरका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा पहिलो स्थानमा परेको छ।

उक्त समयसम्म काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) २०४ पुगेको छ, जुन मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ।

यसैगरी, पाकिस्तानको लाहौर १५१ एक्युआईसहित दोस्रो स्थानमा रहेको छ भने बंगलादेशको ढाका १३४ एक्युआईसहित तेस्रो स्थानमा छ। त्यस्तै, अल्जेरियाको Algiers १३२ एक्युआईसहित चौथो र थाइल्याण्डको Chiang Mai १२४ एक्युआईसहित पाँचौँ स्थानमा रहेका छन्।

पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकाको आकाश धुम्म देखिँदै आएको छ, जसले वायु प्रदूषणको अवस्था गम्भीर बनेको संकेत गर्दछ।

स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा बिहानको हिँडाइ (मर्निङ वाक) जस्ता बाहिरी शारीरिक गतिविधि नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन्। साथै, मास्क प्रयोग गर्न र संवेदनशील समूह—बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरू—लाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार