बजेट अधिवेशनलाई ‘फरक र प्रभावकारी’ बनाउने तयारी: सभामुख डोलप्रसाद अर्याल,

बजेट अधिवेशनलाई ‘फरक र प्रभावकारी’ बनाउने तयारी: सभामुख डोलप्रसाद अर्याल,

लोक आवाज ,

काठमाडौँ, ४ बैशाख — प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल ले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।

सिंहदरबार मा शुक्रबार आयोजित संसदीय मामिला पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदका गतिविधिलाई थप पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे।

सभामुख अर्यालले संसदका सबै गतिविधि प्रत्यक्ष प्रसारण गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै सूचना लुकाउने वा गोप्य राख्ने प्रवृत्तिको अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताए। साथै, सञ्चारकर्मीहरूको संसदमा पहुँच सहज बनाउन कुनै अवरोध नआउने स्पष्ट पारे।

उनले विधेयक निर्माण प्रक्रियालाई पनि थप समावेशी बनाउने योजना अघि सारे। “कुनै पनि विधेयकको ड्राफ्ट तयार गर्नु अघि सबै सरोकारवालासँग पटक–पटक छलफल गरेर मात्रै अघि बढ्नुपर्छ,” उनले भने।

सभामुख अर्यालले देशको आवश्यकता अनुसार संसदमा नयाँ अभ्यास (नजिर) स्थापित गर्दै लैजाने कार्ययोजना रहेको पनि सुनाए। आगामी बजेट अधिवेशनमै केही फरक अभ्यास लागू गर्ने तयारी भइरहेको उनको भनाइ छ।

यसका साथै, कानून निर्माण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन संसदीय नियमावलीमा संशोधन गर्ने सोच पनि उनले अघि सारे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार