कमला नगरपालिकामा गाउँस्तरबाट योजना तर्जुमा, ४९ करोडभन्दा बढी बजेट सुनिश्चित,

कमला नगरपालिकामा गाउँस्तरबाट योजना तर्जुमा, ४९ करोडभन्दा बढी बजेट सुनिश्चित,

लोक आवाज ,

जनकपुरधाम , ०३ बैशाख – धनुषाको कमला नगरपालिकाले पहिलो पटक गाउँ तथा वस्तीस्तरबाट योजना तर्जुमा गर्ने अभ्यास सुरु गरेको छ। स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै तयार पारिएको योजनाअनुसार नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड रुपैयाँभन्दा बढीको बजेट सुनिश्चित गरेको जनाएको छ।

गत चैत ३० गते सम्पन्न नवौं नगरसभाबाट उक्त बजेट पारित गरिएको नगर प्रमुख विशेश्वर प्रसाद यादवले जानकारी दिए। उनका अनुसार यसअघि योजना निर्माण प्रक्रिया माथिल्लो तहबाट केन्द्रित हुने गरे पनि यसपटक टोल र वस्तीबाटै सुझाव संकलन गरी योजनाहरू तयार गरिएको हो।

संकलित योजनाहरूलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा बजेट विनियोजन गरिएको छ। यसले जनसहभागिता र पारदर्शिता अभिवृद्धि गर्ने विश्वास नगरपालिकाको छ।

नगरसभामा ९ वटै वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। यस वर्ष कृषि विद्युतिकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ र सबै वडामा यसको विस्तार गर्ने लक्ष्य लिइएको छ।

स्थानीयवासीहरूले यस पहललाई सकारात्मक रूपमा लिँदै आफ्ना आवश्यकता प्रत्यक्ष रूपमा योजनामा समेटिनु उपलब्धिमूलक भएको बताएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार