लोक आवाज ,
काठमाडौँ , ०२ बैशाख – सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पद सम्हालेका प्रमुख राजनीतिक व्यक्तित्व तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्न ‘सम्पत्ति जाँचबुझ/छानबिन आयोग’ गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल का अनुसार आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशद्वय चण्डीराज ढकाल र पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउण्टेन्ट प्रकाश लम्साल रहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि गत वर्ष चैत १३ गतेभित्र १५ दिनमा यस्तो समिति गठन गर्ने निर्णय गरिएको थियो। साथै, सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको ४३औँ बुँदामा समेत यस विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
यस आयोगले विगतका वर्षहरूमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया !