नयाँ वर्ष २०८३ मा ओलीको शुभकामना: अनुभव र युवाशक्तिको सहकार्यमा समृद्ध नेपालको आह्वान

नयाँ वर्ष २०८३ मा ओलीको शुभकामना: अनुभव र युवाशक्तिको सहकार्यमा समृद्ध नेपालको आह्वान

लोक आवाज ,
काठमाडौँ , ०१ बैशाख – केपी शर्मा ओली ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षको सन्देश दिँदै उनले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सार्थक सहकार्य आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले २०८२ साल अब इतिहास बनिसकेको उल्लेख गर्दै विगतका सफलता, असफलता, अवसर र चुनौतीहरूको गहिरो समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। साथै, ती अनुभवबाट पाठ सिक्दै उज्ज्वल भविष्यतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ।

ओलीले नयाँ वर्ष २०८३ ले अनुभवी पुस्ता र युवा शक्तिबीच प्रभावकारी समन्वय स्थापित गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाओस् भन्ने कामना व्यक्त गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार