लोक आवाज ,
जनकपुरधाम , २९ चैत । विश्वविख्यात भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि भारतीय संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।
उनको निधनले भारतीय मात्र नभई नेपाली कला र संगीत क्षेत्रमा पनि गहिरो शोक छाएको छ। नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा समेत उनले अमिट छाप छोडेकी थिइन्।
भोसलेले सन् १९६६ मा प्रदर्शनमा आएको पहिलो नेपाली ऐतिहासिक चलचित्र ‘माइतीघर’ मार्फत नेपाली संगीतमा प्रवेश गरेकी थिइन्। उक्त चलचित्रका “यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर” र “गैरी खेतको शिरै हान्यो” जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। उनले नेपाली भाषामा करिब सयभन्दा बढी गीतमा स्वर दिएकी थिइन्।



प्रतिक्रिया !