लोक आवाज,
जनकपुरधाम, २७ चैत । वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको पूर्वसन्ध्यामा धनुषाको धनुषाधामस्थित वनस्पति उद्यानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
‘समृद्धिको लागि वनस्पति’ भन्ने नारासहित आयोजित कार्यक्रममा उद्यानभित्र रहेका दुई भागलाई जोड्ने सडकको दुवैतर्फ गुलमोहरका बिरुवा रोपिएको हो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले वनस्पतिको संरक्षण र विस्तारले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनीहरूले हरियाली प्रवर्द्धनमार्फत स्थानीय क्षेत्रको सौन्दर्य अभिवृद्धि र पर्यावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उद्यान क्षेत्रमा गरिएको वृक्षारोपणले आगामी दिनमा आकर्षक हरित वातावरण निर्माण गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने आयोजकले जनाएको छ।



प्रतिक्रिया !