सर्वोच्चको आदेशपछि केपी ओली र रमेश लेखक रिहा हुने,

सर्वोच्चको आदेशपछि केपी ओली र रमेश लेखक रिहा हुने,

सुनिल साह  , 

काठमाडौँ , २३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हिरासतबाट मुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पछिल्लो समय थपिएको हिरासत म्याद सकिएसँगै उनीहरूलाई रिहा गर्न आदेश दिएको हो।

यस आदेशसँगै ओली र लेखक चैत २६ गते रिहा हुने भएका छन्।

इजलासले उनीहरूले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ।

उनीहरूलाई सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका क्रममा चैत १४ गते पक्राउ गरेको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

रिहाको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। सो रिटमा सोमबार बहस सम्पन्न भएपछि सर्वोच्चले थप म्याद नथप्ने निर्णय गर्दै रिहाको आदेश दिएको हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार