राजधानीमा ‘क्लिनअप’ अपरेशन: १७ जना पक्राउ, कुख्यात समूहमाथि प्रहरीको कडा निगरानी,

राजधानीमा ‘क्लिनअप’ अपरेशन: १७ जना पक्राउ, कुख्यात समूहमाथि प्रहरीको कडा निगरानी,

लोक आवाज ,

काठमाडौं, २१ चैत — राजधानीमा बढ्दो गुण्डागर्दी र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले आक्रामक कदम चालेको छ। शुक्रबार राति काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ‘क्लिनअप’ अभियानका क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको हो।

ठमेल, दरबारमार्ग र सामाखुसी जस्ता मुख्य व्यापारिक तथा अत्यन्त व्यस्त क्षेत्रहरूलाई केन्द्रित गरी सञ्चालन गरिएको उक्त अपरेशन लक्षित रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये अधिकांश ‘काभ्रेली समूह’ सँग सम्बन्धित रहेका छन्। पक्राउ पर्नेहरूमा सञ्जि लामा, अशोक गिरी तथा ‘किमजोङ’ उपनामले चिनिने सुरेश गुरुङ रहेका छन्।

प्रहरी अनुसन्धानबाट सुरेश गुरुङ कुख्यात गुन्डा नाइके श्याम लामाको समूहमा आबद्ध रहेको खुल्न आएको छ। यस समूहका मुख्य नाइके श्याम लामा भने हाल फरार रहेका छन् र उनको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उक्त अभियान आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ, जसले राजधानीको शान्ति–सुरक्षामा थप सुधार ल्याउने विश्वास गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार