लोक आवाज ,
काठमाडौं , १९ चैत । प्रहरीले नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सँग बयान लिन सुरु गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनसम्बन्धी आरोपमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलको टोलीले त्रिवि शिक्षण अस्पतालमै बयान लिइरहेको हो ।
स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका ओलीलाई चिकित्सकहरूले बाहिर लैजान नमिल्ने सुझाव दिएपछि अस्पतालमै बयान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार जाँचबुझ आयोगले औंल्याएका विषयमा केन्द्रित रहेर सोधपुछ भइरहेको छ ।
यसैबीच, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक को बयान प्रक्रिया भने सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्लेले लेखकको बयान सकिएको पुष्टि गरेका छन् ।



प्रतिक्रिया !