‘सिंहदरबार चलाउन होइन, बदल्न म्यान्डेट’: रवि लामिछाने,

‘सिंहदरबार चलाउन होइन, बदल्न म्यान्डेट’: रवि लामिछाने,

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने ले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै जनताले दिएको मतादेश परिवर्तनका लागि भएको बताएका छन् । फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको पहिलो बैठकमा उनले जनताको अपेक्षा र आक्रोश दुवैलाई सम्बोधन गर्दै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले मत समर्थनको मात्र नभई परिवर्तनको संकेत भएको उल्लेख गर्दै सिंहदरबार सञ्चालन मात्र होइन, रूपान्तरण गर्ने लक्ष्य लिएको बताए । ‘हामीले बदल्न सुरु गरिसकेका छौं,’ उनले भने ।

लामिछानेले भाषणभन्दा काम महत्वपूर्ण हुने बताउँदै रास्वपाका सबै सांसदले कार्यसम्पादनमार्फत आफूलाई प्रमाणित गर्नुपर्नेमा जोड दिए । उनले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको उल्लेख गर्दै छिटो र प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, उनले विपक्षी दलका चुनावी प्रतिबद्धतासमेत कार्यान्वयन गर्न तयार रहेको जनाउँदै विगतका कमजोरीबाट सिक्दै बहुमतलाई ‘गुमेको अवसर’ बन्न नदिने दृढता व्यक्त गरे ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार