संविधान संशोधनका लागि बहसपत्र तयार गर्न असिम शाहको नेतृत्वमा कार्यदल गठन ,

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न असिम शाहको नेतृत्वमा कार्यदल गठन ,

लोक आवाज ,

काठमाडौँ , १६ चैत । सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाह का राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन बहसपत्र तयार गर्ने निर्णय गरेको हो। उनले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने बताए।

कार्यदलको अध्यक्षमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नियुक्त भएका छन्। प्रतिनिधि सभाका पूर्वसांसदसमेत रहेका शाहको नेतृत्वमा बन्ने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू सहभागी रहनेछन्।

प्रवक्ता पोखरेलले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गरिने जानकारी दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार