लोक आवाज ,
जनकपुरधाम, १६ चैत । नेपाल पत्रकार महासंघ को ७१औँ स्थापना दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिएका छन्। यसैक्रममा धनुषा जिल्लामा पनि प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
महासंघ धनुषा शाखाको आयोजनामा निकालिएको प्रभातफेरीमा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममार्फत प्रेस स्वतन्त्रता, पेशागत एकता र जिम्मेवार पत्रकारिताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, पूर्वअध्यक्ष उमेश साह, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, मधेश प्रदेश उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो तथा सचिव हदिश खुद्दार लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी धनुषा शाखाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, सह–सचिव गोविन्द महतो सहित प्रवीण साह, उपेन्द्र भगत नागवंशी, नवीन सिंह, चाँदनी झा, माला राय, कुलदीप दास, राहुल सिंह, सपना कर्ण, लक्ष्मी चौधरी, संतोष कर्ण र संजय साहलगायत पत्रकारहरूको सहभागिता रहेको थियो।
प्रभातफेरीका क्रममा सहभागीहरूले सञ्चार क्षेत्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारहरूको पेशागत अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
महासंघले स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रममार्फत पत्रकारिताको महत्व र भूमिकाबारे जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।




प्रतिक्रिया !