प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद

Default Image

लोक आवाज ,

काठमाडौं , १३ चैत – राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। शुक्रबार बिहान गरिएको नियुक्तिसँगै बालेन संघीय सरकारको नेतृत्वमा पुगेका हुन्। नवनियुक्त प्रधानमन्त्री शाहले आज दिउँसो १२ बजेर २४ मिनेटमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुंगो लगाएको छ। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय आफैंसँग राख्ने निर्णय गरेका छन् भने अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, कानुन मन्त्रीमा सोविता गौतम, परराष्ट्र मन्त्रीमा शिशिर खनाल र गृहमन्त्रीमा सुधन गुरुङलाई जिम्मेवारी दिने सहमति भएको छ।

त्यसैगरी बिराजभक्त श्रेष्ठलाई ऊर्जा, अमरेशकुमार सिंहलाई उद्योग, प्रतिभा राउतलाई सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, डा. विक्रम तिमल्सिनालाई सञ्चार, सिस्मित पोखरेललाई शिक्षा, दीपक साहलाई श्रम, गणेश पौडेललाई पर्यटन, सीता वादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

नयाँ मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने र सरकार सञ्चालनका प्राथमिकता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार