लोक आवाज ,
काठमाडौँ, १२ चैत ।केपी शर्मा ओली ले कार्की आयोगको प्रतिवेदनप्रति कडा आपत्ति जनाउँदै त्यसलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिएका छन्।
उनले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अन्तर्गत आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानूनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताएका छन्।
ओलीले ती दफाहरू आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित भई प्रत्यक्ष रूपमा घटना गराएको हुनुपर्ने तर्क प्रस्तुत गरे। साथै, प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र स्वयं गोली नचलाउने भन्दै आयोगको निष्कर्षप्रति असहमति जनाए।
उनले आयोगका पदाधिकारीहरू पहिलेदेखि नै एमालेविरुद्ध पूर्वाग्रही रहेको आरोप लगाउँदै सोही कारण यस्तो प्रतिवेदन आएको दाबी गरे।
ओलीले भने, “दफा १८१ र १८२ को सिफारिस अत्यन्तै निराधार छ। प्रधानमन्त्री, गृहमन्त्री वा आइजिपीमाथि यस्तो सिफारिस गर्न मिल्दैन। हाम्रो नाम समावेश गर्नु चरम पूर्वाग्रह हो। यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीति गर्ने प्रयास मात्र हो।”




प्रतिक्रिया !