रास्वपाले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो,

रास्वपाले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो,

लोक आवाज ,

काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ले वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता चयन गरेको छ।

पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले शाहलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। उनलाई दलको नेता बनाउने प्रस्ताव सभापति रवि लामिछाने ले पेश गरेका थिए।

यसअघि संयुक्त बैठकअघि बसेको केन्द्रीय समिति बैठकले पनि शाहलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको थियो।

दलको नेता चयन भएसँगै नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक बाटो खुलेको छ।

यसैबीच, रामचन्द्र पौडेल ले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने र दिउँसो १२ः३४ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जनाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार