बालेन शाह ले रामनवमीमा प्रधानमन्त्रीको शपथ लिने, विशेष धार्मिक विधिसहित कार्यक्रम,

बालेन शाह ले रामनवमीमा प्रधानमन्त्रीको शपथ लिने, विशेष धार्मिक विधिसहित कार्यक्रम,

लोक आवाज ,
काठमाडौँ, चैत १२ गते । सांसदहरूको शपथ सम्पन्न भएपछि चैत १३ गते रामनवमीको अवसरमा बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय गरिएको छ।

शपथग्रहण समारोहलाई विशेष धार्मिक महत्वका साथ आयोजना गरिने रास्वपाले जनाएको छ। कार्यक्रमका क्रममा एकसाथ सात वटा शंख बजाइनेछ भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गरिनेछ। त्यस्तै १६ जना भिक्षुहरूद्वारा अष्टमंगल पाठसमेत गरिनेछ।

उनीनिकट स्रोतका अनुसार शाहले दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण गर्नेछन्। त्यसपछि दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबार पुगेर प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

धार्मिक तथा आध्यात्मिक मान्यताअनुसार मानव शरीरमा रहेका सात प्रमुख चक्रहरूलाई शंखको ध्वनिले सन्तुलित र सक्रिय बनाउने विश्वास गरिन्छ। साथै, सात शंख बजाउनु सप्तऋषिको आशीर्वाद प्राप्तिको प्रतीक मानिन्छ।

हिन्दु धर्मग्रन्थहरूमा सात अंकलाई पूर्णता, विजय, सुख र समृद्धिको प्रतीकका रूपमा व्याख्या गरिएको छ, जसका कारण शपथ समारोहमा यसलाई विशेष महत्व दिइएको बताइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार