जनकपुरधाममा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य, छठ पर्वको रौनक चरममा,

जनकपुरधाममा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य, छठ पर्वको रौनक चरममा,

सुनिल साह , ,

जनकपुरधाम, १० चैत – आस्था, श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वअन्तर्गत मंगलबार मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। चार दिनसम्म चल्ने यस महान पर्वको तेस्रो दिन जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा भक्तजनहरूले नदी, पोखरी तथा जलाशय किनारमा भेला भई विधिपूर्वक पूजा अर्चना गरेका हुन्।

छठ पर्वको विशेष अवसरमा जनकपुरधामका गंगासागर, धनुषसागर लगायत विभिन्न पोखरी तथा जलाशयहरू आकर्षक रूपमा सजाइएका थिए। व्रतालुहरू परम्परागत पहिरनमा सजिएर परिवारसहित घाटमा पुगेका थिए। उनीहरूले अस्ताउँदै गरेको सूर्यलाई दूध, जल, फलफूल तथा प्रसाद अर्पण गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

यस पर्वमा सफा–सुग्घर वातावरण, शुद्धता र नियमको विशेष महत्व रहने भएकाले व्रतालुहरूले कडाइका साथ व्रत बस्ने परम्परा रहँदै आएको छ।

अब छठ पर्वको अन्तिम दिन बुधबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ विधिवत रूपमा सम्पन्न हुनेछ।

पछिल्ला वर्षहरूमा चैती छठ मनाउनेहरूको संख्या समेत बढ्दै गएको देखिएको छ। आइतबारदेखि सुरु भएको पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिनेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार