रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता निर्णयमा सर्वोच्चमा मंगलबार फेरि सुनुवाइ,

रवि लामिछानेविरुद्ध मुद्दा फिर्ता निर्णयमा सर्वोच्चमा मंगलबार फेरि सुनुवाइ,

लोक आवाज ,

काठमाडौं, ०८ चैत । रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट निवेदनमा अब मंगलबार पुनः सुनुवाइ हुने भएको छ।

सोमबार सर्वोच्च अदालत मा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्दै संयुक्त इजलासले मंगलबारका लागि पेसी तोकेको हो। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमान को इजलासमा बहस अधुरै रहेपछि अर्को मितिमा सारिएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइराला ले जानकारी दिएका छन्।

यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले चैत ५ गते महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको थियो। त्यसपछि आजका लागि पेसी तोकिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा दर्ता भएका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मी ले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका छन्।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को इजलासले चैत १ गते नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार