तान्त्रिकको सल्लाहमा रामनवमीमै बालेनको सपथ तयारी, सार्वजनिक बिदाकै दिन प्रधानमन्त्री बन्ने दाबी

तान्त्रिकको सल्लाहमा रामनवमीमै बालेनको सपथ तयारी, सार्वजनिक बिदाकै दिन प्रधानमन्त्री बन्ने दाबी

लोक आवाज ,
काठमाडौं, ०७ चैत । फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको दाबी गरिँदै आएको रास्वपाले वरिष्ठ नेता बालेन शाह लाई प्रधानमन्त्री बनाउने तयारी गरेको स्रोतहरूले जनाएका छन्।

बालेनले हेरेको साइतअनुसार आगामी चैत्र १३ गते पर्ने रामनवमी का दिन प्रधानमन्त्रीको सपथ लिने तयारी गरिएको बताइएको छ। सो दिन नेपालमा सार्वजनिक बिदा हुने भएकाले बिदाकै दिन सपथ हुने विषयले चर्चा पाएको छ।

बालेन निकट स्रोतका अनुसार उनी निर्णय गर्दा चिना र साइत हेर्ने तथा एक तान्त्रिकको सल्लाह लिने गरेका छन्। सोही सल्लाहअनुसार नै रामनवमीको दिन सपथ लिने तयारी गरिएको दाबी गरिएको छ।

यद्यपि, सार्वजनिक बिदाको दिन राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई सपथ गराउने अभ्यास यसअघि नभएको बताइन्छ। यस विषयमा रामचन्द्र पौडेल नेतृत्वको राष्ट्रपति कार्यालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

स्रोतहरूका अनुसार बालेनले लगाउने पोशाकसमेत तान्त्रिकको सल्लाहअनुसार हुने गरेको छ। उनी प्रायः कालो रंगका कपडामा देखिने गरेका छन्, जुन तान्त्रिक परम्परासँग सम्बन्धित मानिन्छ।

अब रामनवमीकै दिन हुने भनिएको सपथ समारोहमा बालेन कस्तो पहिरनमा प्रस्तुत हुन्छन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार