दानबहादुर कार्कीको प्रतिबद्धता—इनिशा विक हत्या प्रकरणमा प्रमाणका आधारमा अनुसन्धान, दोषी उम्किन नदिइने,

दानबहादुर कार्कीको प्रतिबद्धता—इनिशा विक हत्या प्रकरणमा प्रमाणका आधारमा अनुसन्धान, दोषी उम्किन नदिइने,

लोक आवाज ,

काठमाडौँ , ०६ चैत । दानबहादुर कार्कीले सुर्खेतमा भएको इनिशा विक हत्या प्रकरणमा निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान भइरहेको बताएका छन्।

International Day for the Elimination of Racial Discrimination को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै अनुसन्धान अघि बढाइएको स्पष्ट पारे।

प्रहरी महानिरीक्षक कार्कीका अनुसार पीडित परिवारसँग निरन्तर सम्पर्क राखिएको छ भने दोषीलाई कारबाही गरिनुपर्ने मागको सुनुवाइ गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। उनले अनुसन्धानका लागि आवश्यक जनशक्ति परिचालन भइसकेको भन्दै छिट्टै निष्कर्षमा पुगिने विश्वास पनि व्यक्त गरे।

यससँगै उनले सबै नागरिकले समान हक अधिकार पाउनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको विभेद सह्य नहुने र त्यस्ता गतिविधिविरुद्ध कडाइका साथ कानुनी कारबाही गरिने बताए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार