अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको जनकपुरधाम भ्रमण, जानकी मन्दिरमा पूजा अर्चना,

अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको जनकपुरधाम भ्रमण, जानकी मन्दिरमा पूजा अर्चना,

 

सुनिल साह ,

जनकपुरधाम , ०६ चैत । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की शुक्रबार जनकपुरधाम पुगेर जानकी मन्दिर मा पूजा अर्चना गरेकी छन्। अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक जनकपुरधाम पुगेकी कार्की विमानस्थलबाट सिधै मन्दिर पुगेर धार्मिक अनुष्ठानमा सहभागी भएकी हुन्।

भ्रमणका क्रममा उनले मन्दिरका महन्थ तथा पूजारीहरूसँग भेटघाट समेत गरिन्। पूजा अर्चना पश्चात् उनले आफ्नो जनकपुरधाम भ्रमण उपलब्धिमूलक रहेको प्रतिक्रिया दिँदै आफू राजनीतिक कार्यक्रमभन्दा धार्मिक उद्देश्यका लागि आएको स्पष्ट पारिन्।

जनकपुरधाम भ्रमणपछि कार्की महोत्तरी जाने कार्यक्रम रहेको छ। त्यहाँ उनले गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्ने बताइएको छ।

फागुन २१ गते निर्वाचन सम्पन्न गरिसकेपछि बिदाइपूर्व देश दौडाहमा रहेकी कार्की बिहीबार रारा ताल को अवलोकन गरेर फर्किएकी थिइन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार