चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ, सिंहदरबारमा कार्यक्रम,

चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ, सिंहदरबारमा कार्यक्रम,

लोक आवाज ,

काठमाडौँ, ०६ चैत – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते हुने भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार शपथ सो दिन दिउँसो २ बजे गराइनेछ।

सचिवालयका अनुसार सांसदहरूले नेपाली भाषाबाहेक अन्य भाषामा समेत शपथ लिन सक्नेछन्। शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संसद भवनमा सञ्चालन गरिनेछ।

शपथका लागि उपस्थित हुँदा निर्वाचित भएको प्रमाणपत्र, नागरिकता र दुई प्रति फोटो अनिवार्य रूपमा साथमा ल्याउन सचिवालयले आग्रह गरेको छ।

यसअघि बिहीबार निर्वाचन आयोगले औपचारिक रूपमा चुनावको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको थियो। साथै, संसद सचिवालयले राष्ट्रिय दलको मान्यता प्राप्त छ दलका प्रतिनिधिहरूसँग आवश्यक छलफल समेत गरिसकेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार