सुनिल साह ,
जनकपुरधाम, ५ चैत । कृषि तथा भूमि व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बिहीबार बसेको बैठकमा प्रस्तुत विधेयकमाथि गहन तथा सार्थक छलफल गरिएको जनाइएको छ। बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा प्रदेश सभाका सभामुखको समेत उपस्थिति रहेको थियो।
सहभागी सदस्यहरूले विधेयकका विभिन्न पक्षमाथि धारणा राख्दै आवश्यक संशोधन, कार्यान्वयन पक्ष तथा प्रभावकारिताबारे विस्तृत छलफल गरेका थिए।
समितिका सदस्यहरूले विशेषगरी कृषि क्षेत्रको विकास, भूमि व्यवस्थापन प्रणाली सुधार तथा किसानमुखी नीतिको आवश्यकतामाथि जोड दिएका थिए। छलफलका क्रममा विधेयकलाई व्यवहारिक र प्रभावकारी बनाउनेतर्फ विभिन्न सुझावहरू प्रस्तुत गरिएको स्रोतले जनाएको छ।



प्रतिक्रिया !