लोक आवाज ,
जनकपुरधाम , २ चैत । नेपाली कांग्रेसका बारा जिल्ला सभापति राजेश राय यादव सहित १६ जनामाथि अनुशासनात्मक कारबाही गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिले उनीहरूविरुद्ध कारबाहीको सिफारिस पठाएको हो। क्षेत्रीय सचिव राजेश भण्डारी का अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सहमहामन्त्री लाई निर्वाचनमा असहयोग गरेको आरोपमा जिल्ला सभापति यादवसहित १६ जनाको नाम केन्द्रमा पठाइएको हो।
क्षेत्रीय कार्यसमितिले केन्द्रलाई पठाएको पत्रमा बारा–३ मा कांग्रेसका उम्मेदवार मन्सुरलाई पराजित गराउन यादवले आफ्ना नातेदार तथा निकट नेता–कार्यकर्तालाई परिचालन गरेको आरोप लगाइएको छ। पत्रमा उनले पार्टी उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको दाबी गरिएको छ।
क्षेत्रीय सभापति प्रभात कुमार चौरसिया द्वारा हस्ताक्षरित सिफारिस पत्रमा आरोपित सबैलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
क्षेत्रीय कार्यसमितिले पार्टीको अनुशासन र संगठनात्मक हितविरुद्ध गतिविधि गरेको ठहर गर्दै आवश्यक निर्णय लिन पार्टी केन्द्रीय समितिसमक्ष सिफारिस पठाएको जनाएको छ।
कारबाही सिफारिसमा परेका नेता–कार्यकर्ता:
- राजेश राय यादव– जिल्ला सभापति, नेपाली कांग्रेस बारा
- हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
- श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
- केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
- अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति, कलैया उपमहानगरपालिका
- बजरंगी साह – महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. २
- भोला राय यादव – सभापति, वडा नं. ६, कलैया उपमहानगरपालिका
- रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २, बारा
- रबिन्द्र यादव (रोवान) – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
- रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली कांग्रेस बारा
- नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ बारा
- दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरुण दल बारा
- मो. अतिउर रहमान (पपपु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
- अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. ३ (२) ख
- हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि, वडा नं. ५, कलैया उपमहानगरपालिका।



प्रतिक्रिया !