जनमत अध्यक्ष सीके राउतको संसदीय राजनीतिबाट सन्यास घोषणा,

जनमत अध्यक्ष सीके राउतको संसदीय राजनीतिबाट सन्यास घोषणा,

सुनिल साह ,

जनकपुरधाम , ०२ चैत  । चन्द्रकान्त राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

राउत ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संसदीय पदको राजनीतिबाट टाढा रहने तर सक्रिय राजनीतिबाट भने बाहिर नजाने स्पष्ट पारेका हुन्। उनले सिद्धान्त र एजेण्डालाई अगाडि बढाउँदै जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।

उनले अब पार्टीलाई आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि तयार पार्ने काममा ध्यान केन्द्रित गर्ने जानकारी दिएका छन्। साथै, जनताबीचमै रहेर अधिकार र पहिचानको आन्दोलनमा सक्रिय रहने उनको भनाइ छ।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको जनमत पार्टी  त्यतिबेला राष्ट्रिय दल बन्न सफल भएको थियो। सो निर्वाचनमा राउत आफैं प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिकतर्फ पनि पार्टीले पाँच सिट प्राप्त गरेको थियो।

तर गत फागुन २१ मा सम्पन्न निर्वाचनमा भने जनमत पार्टी  ले कुनै सिट जित्न सकेन। सप्तरी–२ बाट चुनाव लडेका राउत रामजी यादब सँग पराजित भएका थिए।

प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ समेत पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्न सकेन।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार