लोक आवाज ,
काठमाडौँ , ०१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक बन्दसूचीमा रहेकामध्येबाट चार जनालाई प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समानुपातिकतर्फ सिफारिस गरिएका व्यक्तिहरूमा महोत्तरीका भरत गिरी (खस आर्य पुरुष), रुपन्देहीका ताहिर अली (मुस्लिम पुरुष), झापाकी खुस्बु ओली (खस आर्य महिला) र धादिङकी सरस्वती लामा (जनजाति महिला) रहेका छन्।
उनीहरूको नाम निर्वाचन आयोगमा पठाइने र आयोगले औपचारिक रूपमा सार्वजनिक गर्ने जनाइएको
छ।




प्रतिक्रिया !