लोक आवाज ,
काठमाडौँ, ०१ चैत – प्रधानमन्त्री सुशिला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डु पुगेकी छन्।
शुक्रबार बुबा मोहनप्रसाद ओलीको निधन भएपछि प्रधानमन्त्री कार्की शनिबार गुण्डुस्थित ओली निवास पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन्। प्रधानमन्त्री कार्कीका साथ उनका श्रीमान् दुर्गा सुवेदी पनि उपस्थित थिए।
प्रधानमन्त्री कार्कीले ओली र उनका परिवारलाई भेटेर शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेकी थिइन्। उनले शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत व्यक्त गरिन्।
पूर्वप्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार निधन भएको थियो।
मोहनप्रसाद ओलीको निधनपछि राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले पनि ओली परिवारप्रति समवेदना व्यक्त गरिरहेका छन्।




प्रतिक्रिया !