केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि,

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि,

लोक आवाज ,

काठमाडौँ, २९ फागुन – केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार काठमाडौँको पशुपति आर्मायघाटमा  अन्त्येष्टि गरिएको छ।

मोहनप्रसाद ओलीको शुक्रबार बिहान ९७ वर्षको उमेरमा निधन भएको थियो। केही समयदेखि अस्वस्थ रहेका उनको काठमाडौँको गठ्ठाघरस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालबाट उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित निवासमा लगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको थियो।

अन्त्येष्टि कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीसँगै उनकी पत्नी Radhika Shakya पनि उपस्थित थिइन्। ओली परिवारप्रति समवेदना व्यक्त गर्न एमाले तथा अन्य राजनीतिक दलका नेताहरू आर्यघाट पुगेका थिए।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार