लोक आवाज ,
काठमाडौँ , २९ फागुन । काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो। साहले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको थियो।
निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम परेको भन्दै योग्यता नपुग्ने आधारमा साहको उम्मेदवारी रद्द गरेको थियो। उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा रास्वपाको चुनाव चिह्न घण्टीमा भने उल्लेख्य मत परेको थियो।
यद्यपि सो निर्वाचन क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिसकेको छ।
यसैबीच, सर्वोच्च अदालतले अर्को एक फरक रिटमा बिहीबार (फागुन २८) कर्जा सूचना केन्द्रलगायत निकायलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।




प्रतिक्रिया !