निर्वाचन आयोगद्वारा रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज,

निर्वाचन आयोगद्वारा रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज,

लोक आवज ,

जनकपुरधाम, १९ फागुन – धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ।

आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको प्रमाण पुष्टि भएपछि उम्मेदवारी रद्द गर्ने निर्णय गरिएको हो। कानुनी व्यवस्थाअनुसार आवश्यक जाँचपड्तालपछि निर्णय लिइएको उनले स्पष्ट पारे।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार कर्जा सूचना केन्द्रको अद्यावधिक अभिलेखमा साह कमल निर्माण सेवा प्रालिका शेयरधनीका रूपमा देखिएका छन्। उक्त अभिलेखमा उनी २०८० सालदेखि कालोसूचीमा रहेको उल्लेख छ। साथै विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा समावेश भएको पाइएको आयोगले जनाएको छ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनअनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य ठहरिने व्यवस्था रहेको छ। सोही आधारमा साहको उम्मेदवारी खारेज गरिएको आयोगको भनाइ छ।

यस निर्णयसँगै धनुषा–१ मा चुनावी समीकरणमा नयाँ तरंग आएको छ। सम्बन्धित दलले आगामी रणनीतिबारे आन्तरिक छलफल सुरु गरेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार