दोहोरो मतदान गरे २५ हजारसम्म जरिवाना हुने आयोगको चेतावनी,

दोहोरो मतदान गरे २५ हजारसम्म जरिवाना हुने आयोगको चेतावनी,

लोक  आवाज ,

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले एक व्यक्तिले एकभन्दा बढी पटक मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना गरिने स्पष्ट पारेको छ ।

आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको जनाएको छ । आगामी २१ फागुनमा हुने मतदानका क्रममा एउटै व्यक्तिले दोहोरो मतदान गर्न नपाउने व्यवस्था रहेको आयोगले पुनः स्मरण गराएको छ ।

यस्तो कार्य कानुनविपरीत हुने भन्दै आयोगले निगरानी संयन्त्रलाई सक्रिय बनाइएको र सम्भावित उल्लंघन रोक्न विशेष सतर्कता अपनाइएको जानकारी दिएको छ ।

सोमबार जारी विज्ञप्तिमा आचारसंहिता अनुगमन अधिकृतहरूलाई प्रचारप्रसार निषेध अवधिमा हुने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिइएको उल्लेख छ ।

मौन अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, जुलुस लगायत कुनै पनि प्रकारका प्रचारात्मक कार्यक्रम गर्न नपाइने व्यवस्था छ । त्यस्तै सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा अन्य प्लेटफर्ममार्फत दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न समेत रोक लगाइएको छ ।

सञ्चार संस्थाहरूलाई निष्पक्षता कायम राख्न आग्रह गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिताको पूर्ण पालना अपरिहार्य रहेको जनाएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार