जनकपुरधाममा टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु,

जनकपुरधाममा टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु,

Lok aawaj,

जनकपुरधाम, ११ फागुन । जनकपुरधाममा टिपरको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत हवल्दार चन्द्रकला महतोको ज्यान गएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–४ मुरलीचोकस्थित सिटिजन बैंक इन्टरनेसनल अगाडि भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आएको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक महतो बर्दिवास–स्थित पशुपतिनगरकी निवासी थिइन् । उनी सञ्चय कोषको रकम बुझ्न जनकपुरधाम आएकी थिइन् ।

घटनामा संलग्न टिपर चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार